Techie IT
×
गृहपृष्ठअर्थमौद्रिक नीतिको प्रभाव शेयरबजारमा देखियो, ६ प्रतिशतको छलाङ

मौद्रिक नीतिको प्रभाव शेयरबजारमा देखियो, ६ प्रतिशतको छलाङ


साताको पहिलो दिन आइतबार शेयरबजारमा मौद्रिक नीतिको सकरात्मक प्रभाव देखिएको छ । आइतबारको शेयर बजार खुले लगत्तै ६ प्रतिशतले बढेपछि आजको लागि शेयर बजार बन्द भएको छ। खुलेदेखि नै उच्च रूपले बढ्न थालेको शेयर बजार १२ बजेर ८ मिनेटमा ६ प्रतिशतले बढेपछि बजार बन्द भएको हो।

आइतबार खुलेको ६ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेपछि २० मिनेटमा खुलेको बजार लगत्तै फेरी दोस्रो सर्किट लागेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार एक मिनेटमानै एक प्रतिशतले बढेपछि बजार बन्द भएको हो।

आइतबारको बजारमा लगानीकर्ताले कुल ८ मिनेट मात्रै शेयर कारोबार गर्न पाएका छन्। यस अवधिमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस