Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो


सुनको भाउ साउन ४ गते आइतबार तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। पछिल्लो दुई दिन तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरी बढेको हो।

यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

त्यसैगरी, आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस