Techie IT
×
गृहपृष्ठअर्थमौद्रिक नीति आज आउँदै, निजी क्षेत्रलाई यसरी सम्बोधन हुने

मौद्रिक नीति आज आउँदै, निजी क्षेत्रलाई यसरी सम्बोधन हुने


यस आर्थिक बर्षको मौद्रिक नीति आज आउने भएको छ । कोनोना भाइरस संक्रमणका कारण थिलाथिलो भएको अर्थतन्त्रलाई उकास्ने बुटीको रुपमा आजको मौद्रिक नीतिलाई निजी क्षेत्रले हेरेको पाइन्छ ।

राष्ट्रबैंक स्रोतका अनुसार आज बसेको राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेको छ भने दिउसो सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सृजित बिषम परिस्थतिलाई मध्य नजर गरेर मौद्रिक नीति तर्जुमा गरिएको राष्ट्र बैंकको भनाइ छ । खासगरी मौद्रिक नीतिमा कोभिडको कारणले थला परेका उद्यमी व्यवसायीहरूको कर्जाको पुनसंरचना, पूनः तालिकीकरण तथा पुँजीकरण गर्ने प्रवधान समावेश गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

विशेषगरी राष्ट्र बैंकले कोभिडबाट बढी प्रभावित भएकालाई ठूलो प्याकेजको राहत घोषणा हुनेछ भने त्यसैगरी मध्यम असर परेकालाई सोही अनुसारको राहत प्याकेज ल्याउन लागेको स्रोतको भनाइ छ भने पुनकर्जा कोष बढाउने भएको छ ।

पुनकर्जा कोष मार्फत कोभिडका कारण अप्ठ्यारोमा परेका उद्यमी व्यवसायीदलाई राहत दिन राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा पुनरकर्जा प्रदान गर्ने छ । मौद्रिक नीतिले विशेषतः साना, घरेलु तथा लघु कर्जालाई जोड दिने भएको छ । त्यसैगरी वित्तीय स्थायित्व दिनका लागि राष्ट्र बैंकले नीतिमार्फत वित्तीय बजारमा तरलता अभाव हुन नदिने भएको छ । तरलता सहजताका लागि लिनुपर्ने अन्य नीतिगत व्यवस्था पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस