Techie IT
×
गृहपृष्ठअर्थसुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको थियो। बिहीबार भने सुनको मूल्यमा सामान्य घटेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँ घटेको छ। यस दिन चाँदी प्रतितोला ९५५ रुपैयाँ रहेको छ। केहि दिनयता निरन्तर उकालो लागेको चाँदीको मूल्य आज भने घटेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस