नयाँ आर्थिक वर्षको पहिलो दिनमै शेयरबजार परिसूचक नेप्से ३२.४२ सुखद शुरुवात गरेको छ । नेप्से ३२.४२ अंकले बढेर १३९४.७७ विन्दुमा रोकिएको छ ।
बिहिबार १८० कम्पनीहरुको १६ हजार ५४५ पटकको कारोबारमा १ अर्ब ४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको २९ लाख १४ हजार ५१८ कित्ता शेयर खरिदबिक्री भएको छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड अगाडि रहेको छ। सो कम्पनीको यस दिन दुई हजार ९५५ पटकको कारोबारमा ९ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार वाणिज्य बैंक र विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको २.५७, उत्पादनको १.६९, जीवन बीमाको १.६२, व्यापारको १.५९, निर्जीवन बीमाको १.२७, जलविद्युतको १.०३, अन्यको ०.८८, होटलको ०.८४, लघुवित्तको ०.२७ र म्युचुअल फण्डको ०.२६ प्रतिशत बढेको छ।
त्यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ। यस शेयरमूल्य ५३ रुपैयाँ बढेर ५८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन मितेरी डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, गुराँस लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
शेयरमूल्य घट्ने कम्पनीहरुको शीर्ष स्थानमा यस दिन ओरियण्टल होटल लिमिटेड रहेको छ। सो होटलको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।
क्याटेगोरी :
अर्थ