Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

आर्थिक बर्षको अन्तिम दिन शेयरबजारमा हरियाली


काठमाडौं । आर्थिक बर्ष २०७६/०७७ को अन्तिम दिन असार ३१ गते बुधबार शेयरबजार परिसूचक नेप्से १४.९ अंकले बढेर १३६२.३४ मा अडिएको छ । नेप्सेसँगै खरिदबिक्री रकमले समेत लगानीकर्तालाई उत्साहित बनाउने काम गरेको छ ।


बुधबार कूल १८९ कम्पनीको १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीमा ३२ लाख १२ हजार ९२४ कित्ता शेयर खरिदबिक्री भए । कुल १२ वटा उपसमूहको कारोबार भएकामा ८ उपसूचक बढेका छन् । एनआइसी एसिया लघुवित्तको शेयर भाउ १०प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । खरिदबिक्रीमा एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको १० करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

मसान्तको समयमा बैंकिङ प्रणालीमा अधिक तरलता हुनु नै बजार माथि लाग्नुको प्रमुख कारणको रुपमा लिइन्छ, यद्यपी यसपछिका दिनहरुमा तलरताको स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिल्यै भन्न सकिँदैन । प्राय कम्पनीहरुको वित्तिय विवरण राम्रो आउने आँकलन भएको छ । साथै कोरोना भाइरसका कारण गरिएको लकडाउनले आर्थिक गतिविधिमा सोचेजति समस्या नभएको खवरहरु आइरहको साथै बैंकहरुको ७० प्रतिशत भन्दा धेरै कर्जाहरु नियमित भएको खवर लगायतले शेयर बजारमा आज सकरात्मक प्रभाव पर्न गएको हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट