Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको ९२ हजार ८ सय

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको ९२ हजार ८ सय


३१ असार, काठमाडौं । सुनको भाउ तोलाको ९२ हजार आठ सय रुपैंया पुगेर नयाँ रेकर्ड कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैंया रहेकोमा एकैदिन तोलामा ६ सयले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउ तोलाको १ हजार ५ रुपैँयामा खरिदविक्री भइरहेको छ ।  सुनको भाउ अन्तराष्ट्रिय बजारमै उच्च हुँदा नेपालमा नयाँ रेकर्ड कायम भएको हो ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १८०९.३० डलर साथै एक्सचेन्ज रेट १२०रुपैंया ८० पैसा कायम गरी आजको सुनचाँदी दरभाउ निर्धारण गरिएको हो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस