सुनचाँदी दुवैको भाउ बढ्यो
काठमाडौं । बिहीबार सुनचाँदी दुवैको भाउ बढेको छ । यस दिन सुनको भाउ तोलामा आठ सय रुपैंया र चाँदीको भाउ तोलामा बीस रुपैंयाले बढेर छापावाल सुन तोलाको ९० हजार ८ सय र चाँदी तोलाको १३१० रुपैंया कायम गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको ९० हजार र चाँदी तोलाको १२९० रुपैंयामा कारोबार भएको थियो ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारद्वारा गरिएको निशेधाज्ञा केही खुकुलो भएपछि पुनः बजारमा सुनचाँदीको माग बढ्न थालेको ब्यवसायीहरु बताउँछन् । निशेधाज्ञाको समयमा बैंकले कच्चा सुन आयात नगरेको कारणले अहिले कच्चा सुनको डिमाण्ड उच्च रहेको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #gold silver