काठमाडौं । शेयरबजारमा बुधबार पनि गिरावट देखिएको छ । यस दिन नेप्से सूचक सँगै कारोबार रकम पनि घटेको छ । बुधबार शेयरबजार परिसूचक नेप्से ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.३२ अंकले घटेको छ।
मंगलबारको तुलनामा कारोबार रकम घटेको देखिन्छ । कुनैबेला १९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार घटेर ६ अर्ब हाराहारीमा सिमित भएको छ ।
यस दिन नेप्सेले २८०० को मनोवैज्ञानिक टेवा विन्दुलाइ परीक्षण गरेको देखिन्छ। कारोबार अवधिभर नेप्सेले बारम्बार सो टेवा विन्दुलाइ परीक्षण गर्दै अन्त्यमा सो विन्दुभन्दा माथि बन्द भएको छ।

बुधबार २२० वटा कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा खरिदबिक्री भएको छ।
बजारमा मसान्तको प्रभाव र आगामी मौद्रिक नीतिको कारण लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार रकम बढ्न नसकेको जानकारहरू बताउँछन्।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक छ।
बुधबार फाइनान्स र विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ३.३७ प्रतिशतले बढेको छ।
बुधबार शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन्। पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।
बुधबार नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै ३० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot,
#share bazar