बुधबार सुन र चाँदी दुबैको भाउ घट्यो
काठमाडौं । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
क्याटेगोरी :
अर्थ
ट्याग : #fenegosida,
#gold silver