Techie IT
×
गृहपृष्ठअर्थशेयरबजार सकरात्मक, लघुवित्तमा झुम्मिए लगानीकर्ता

शेयरबजार सकरात्मक, लघुवित्तमा झुम्मिए लगानीकर्ता


साताको दोश्रो दिन शेयरबजार परिसूचक नेप्से २.१२ अंक बढेर एक हजार ३४२.४० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८१ अंक बढेर २८२.२३ विन्दुमा पुगेको छ। यस दिन १८४ कम्पनीहरुको १५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब ८ करोड ८७ लाख १६ हजार रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार पनि लघुबित्त कम्पनीहरुको शेयरमा अधिक आकर्षण देखिन्छ । सोमबार ४ लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित्त, गुराँस लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो। यसका साथै यस दिन कारोबारमा आएको सानिमा बैंकको डिबेञ्चरको मूल्य पनि १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। यस दिन मिथिला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै सर्वाधिक गुमाउनेमा भने ओरियण्टल होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको शेयरमूल्य यस दिन ६.१३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रो र सिन्धु विकास बैंक लिमिटेडको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस