Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

नेप्से दोहोरो अंकले बढ्यो


काठमाण्डौ, १३ असार । गएको बुधवार र बिहीवार घटेको शेयर बजार आइतवार (आज) भने २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ ।

आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । आज नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।

आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झन्डै साढे चार प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot, #nepse

प्रतिक्रिया


ताजा अपडेट