Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं, १३ असार । अपि पावर कम्पनी लिमिटेड ले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन हो। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको छ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ।


क्याटेगोरी : अर्थ
ट्याग : #api power

प्रतिक्रिया


ताजा अपडेट