Techie IT
  • २१ जेठ २०८०, आईतबार
Jhilko

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो


काठमाडौं, ११ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर निष्कासन भएको छ । संस्थाले आजदेखि सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओका लागि आवेदन खुला गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात् ३० हजार ४ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८ सय ६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।

संस्थाको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरूले असार ११ गतेदेखि १५ गतेसम्म मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धक भने एनएमबी क्यापिटल रहेछ ।

शेयर निष्कान गर्नका लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot, #ipo

प्रतिक्रिया


ताजा अपडेट