काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । दिनभरको कारोबारमा नेप्से सूचक उतारबढाविच सामान्य सुधार भएर बन्द भयो । नेप्से सूचकसँगै कारोबार रकम पनि सामान्य सुधार देखिएको छ । नेप्से सामान्य गतिमा बढिरहेकाले दिगो सुधारको अपेक्षा गरिएको छ ।
पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलता बढिरहेको र ब्याजदर घट्दो क्रममा रहेकोले त्यस्को सकरात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ । यस्ले अगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने भएको छ । ब्याजदर सस्तो हुँदा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा शेयर बजार तल झर्ने सामान्य प्रवृत्ति रहने गर्छ । दैनिक औसतमा १ अर्ब रुपैयाँको सेयर कारोबार भइरहेको छ । यो शेयर बजारका लागि निकै सुखद् पक्ष हो । विशेषगरी आजको कारोबारमा साना कम्पनीतिर लगानीकर्ता आकर्षित हुँदा यसअघि अब्बल सावित भएका बाणिज्यबैंहरु भने लगानीकर्ताको रोजाइमा पर्न सकेनन् ।
नेप्से सूचक आइतबार ९.०२ अंकले बढेर १३४०.२९ विन्दुमा आइपुुगेको छ । १७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २६ लाख ७८ हजार ५०७ कित्ता सेयर कारोबार भएको छ । कुल १२ समूहको सेयर कारोबार भएकामा ७ समूह बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १९७.२४ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १.१४ अंकले घट्न पुगेको छ ।
सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्तसहित ५ वटा कम्पनीमा भाउ बढेर सर्किट लागेको छ । यता, तिनहुँ मिसनको भाउ सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
क्याटेगोरी :
अर्थ