Techie IT
×
गृहपृष्ठअर्थबैंकहरुमा तरलता थुप्रियो

बैंकहरुमा तरलता थुप्रियो


काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिएको छ । बैंकहरुले लगानीगर्न योग्य रकम नै तरलता हो । अहिले कोरोना भाइरस संक्रमणको कारण ब्यवापार बिजनेश चौपट भएर नै अधिक तरलता भएको विश्लेषण गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा करिब १ खर्ब ४० अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ । केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४० अर्ब रुपैयाँ हाराहारीमा लगानी गर्न सक्ने तरलता रहेको छ ।’

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि शुरु भएको छ । तरलता सहज हुँदा सेयर बजारमा भने सकारात्मक प्रभाव परिरहेको छ । पछिल्ला दिनहरुमा अत्याधिक मात्रामा सेयर खरिदबिक्री हुनु अनि बजार पनि माथितिर लाग्नुमा यही तरलता सहज हुनुलाई नै प्रमुख कारण मानिएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस