Techie IT
×
गृहपृष्ठअर्थसुन तोलामा बाह् सयले घट्यो

सुन तोलामा बाह् सयले घट्यो


काठमाण्डौ, ४ असार । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

बुधवार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #gold


तपाईको प्रतिक्रिया दिनुहोस