Techie IT
×
गृहपृष्ठअर्थसुनचाँदीको भाउमा गिरावट, एकैदिन तोलामा १ हजारभन्दा धेरैले घट्यो सुनको भाउ

सुनचाँदीको भाउमा गिरावट, एकैदिन तोलामा १ हजारभन्दा धेरैले घट्यो सुनको भाउ


काठमाडौं । बिहीबार सुन र चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार १०० र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

 


क्याटेगोरी : अर्थ
ट्याग : #gold silver


तपाईको प्रतिक्रिया दिनुहोस