फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो ।
बढेपछिको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ ।
निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो ।
हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot