Techie IT
×
गृहपृष्ठअर्थनेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार


साताको अन्तिम दिन बिहिबार बजार खुले देखिनै घट्न थालेपछि बजार अन्ततः हरियै भएर बन्द भएको छ । शेयरबजारमा अल्पकालीन कारोबारीले केही बिक्री चाप बढाउँदा उतारचढाव उच्च देखिन्थ्यो ।
बिहीबार नेप्से सूचक ४.५७ अंकले बढेर १३३१.१० विन्दुमा अडिएको छ । १७८ कम्पनीको ९० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा कुल २२ लाख २६ हजार २०३ कित्ता शेयर खरिदबिक्री भएको छन् । वाणिज्य बैंक र व्यापारिक समूहको बाहेक सबै समूहका सूचक वृद्धि भएको छ । सूचकका आधारमा सबैभन्दा धेरै जीवन बिमा समूह ६८.३३ विन्दुले बढेको छ ।

आजको कारोबारमा सूर्योदय लघुवित्त, एनआइसी एसिया लघुवित्त र वोमी लघुवित्त कम्पनीको शेयर भाउ १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी १५ करोड १८ लाख कारोबार गरेर अरुभन्दा अगाडी देखिन्छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस