Techie IT
×
गृहपृष्ठअर्थसुनको मूल्य बढ्यो, तोलाको ९२ हजार ४ सय रुपैंया

सुनको मूल्य बढ्यो, तोलाको ९२ हजार ४ सय रुपैंया


बिहिबार सुनको भाउ तोलामा ९ सय रुपैंयाले बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन तोलाको ९१ हजार ५ सय कायम गरिएको थियो ।

त्यसैगरी चाँदीको भाउ तोलाको ९८० रुपैंयामा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च भएको कारणले नेपाली बजारमा सुनको भाउ बढेको सुनचाँदी ब्यवसायीहरुको धारणा छ । कोरोना भाइरस त्रासकै कारण सुरक्षित लगानीको रुपमा रहेको सुनको माग उच्च हुँदा अन्तराष्ट्रिय बजारमै महंगो भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार