Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ ७ सयले बढ्यो, तोलाको ९१ हजार ५ सय पुग्यो

सुनको भाउ ७ सयले बढ्यो, तोलाको ९१ हजार ५ सय पुग्यो


काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । यसदिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९५५ रुपैयाँ रहेको छ । गत साता ओरालो लाग्यो सुनचाँदीको मूल्य फेरी लगातार बढ्न थालेको हो।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *