Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा हरियाली, नेप्से ३७.९३ अंकले बढ्यो

शेयरबजारमा हरियाली, नेप्से ३७.९३ अंकले बढ्यो


काठमाडौं । साताको तेश्रो दिन शेयरबजार परिसूचक नेप्से ३७.९३ अंकले बढेर १३६६.६६ अंकमा रोकिएको छ । लामो समय लकडाउन खेपेका लगानीकर्ता शेयरबजारमा हरियाली छाएपछि राहतको महशुस गरेका छन् । कोरोना भाइरस सन्त्रासका कारण विभिन्न अड्कलबाजी चलिरहँदा पछिल्लो समय शेयरबजारले सकरात्मक उर्जा प्रवाह गर्न सफल भएको छ ।

आज कारोबार भएका सवै उप सूचकमा राम्रै बढोत्तरी भइरहेको छ । कारोबार रकम पनि राम्रो छ । यसअघि १६६८ अंक आसपासम्म उक्लिएको नेप्से घटेर फेरी उकालो लागेको हो । पछिल्लो समयको बढोत्तरीलाई आगामी बर्षको मौद्रिक नीतिलाई जोडेर हेरिएको छ । यद्यपी निक्कै सस्तो भैसकेकोले शेयर उठाउनेहरु सक्रिय हुँदा सकरात्मक माहौल देखिएको हो ।

मंगलबार नेप्से सूचक ३७.९३ अंकले बढेर १३३६.६६ विन्दुमा आइपुगेको छ । १७८ कम्पनीको १ अर्ब २१ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ लाख ८३ हजार ९४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक बढेका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३६५.४६ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २५.८३ अंकले बढेको छ । सवैभन्दा बढी कारोबार रकममा भरखरै सूचिकृत भएको नेपाल पुनर्बिमा कम्पनीको ९ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस