मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैंयाले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको ९० हजार २ सय कायम गरिएको थियो ।
त्यसैगरी चाँदीको भाउ तोलाको ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

पछिल्लो समय कोरोना महामारीका कारण अन्तराष्ट्रिय बजारमै उच्च भाउ कायम भएकोले नेपाली बजारमा समेत सुनको भाउ उच्च हुन पुगेको हो । भाउ उच्च हुँदा कारोबार प्रभावित हुने सुनचाँदी ब्यवसायीहरु बताउँछन् ।
क्याटेगोरी :
अर्थ