Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा हरियाली, ३३ अंकले बढ्यो

शेयरबजारमा हरियाली, ३३ अंकले बढ्यो


काठमाडौं । साताको दोश्रो दिन शेयर बजारमा हरियाली छाएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा उल्लेख्य सुधार आएपछि बजारमा सकरात्मक माहौल छाएको छ ।

सोमबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ विन्दुमा बिश्राम लिएको छ । समग्रमा बजार २.६३ प्रतिशतले वृद्धि भएको हो । १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २७ लाख ३१ हजार ४९८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

सोमबार म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेको छ । जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २६६.४३ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक पनि २१.२९ अंकले बढेको छ । ग्लोबल आइएमई लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।

त्यसैगरी राधि जलुविद्युतको भाउ सबैभन्दा धेरैले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस