सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ५०० रूपैयाँ रहेको थियो। गत बुधबारदेखि सुनको मूल्यमा गिरावट आएको देखिन्छ।पछिल्लो समय डलरको भाउ घट्दै जाँदा सुनको भाउ केहि घटेको हो ।
यसैगरी यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ रहेको थियो।
क्याटेगोरी :
अर्थ