Techie IT
×
गृहपृष्ठअर्थआजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा


काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज ८९०००००१ देखि ट ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।
नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस