Techie IT
×
गृहपृष्ठअर्थशेयर बजार सम्हालियो, ९.३५ अंकले बढ्यो

शेयर बजार सम्हालियो, ९.३५ अंकले बढ्यो


साताको पहिलो दिन आइतबार शेयरबजार सम्हालिँदै स्थिरता । लक डाउनपछि खुलेको यसअघि निकै उतारचढावमा थियो ।

पहिलो ३ दिनको कारोबारमा निकै अस्थिर देखिएको शेयरबजार विस्तारै सम्हालिन थालेको छ । आइतबार खरिदबिक्री रकममा पनि सुधार आएको छ ।

आइतबार शेयरबजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४५ बिन्दूमा पुगेको छ । यसदिन १ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २८ लाख ६ हजार ८९८ कित्ता शेयर खरिदबिक्री भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस