Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेइजिङ बन्यो धेरै अर्बपतिको शहर

बेइजिङ बन्यो धेरै अर्बपतिको शहर


काठमाण्डौ । चीनको राजधानी बेइजिङ संसारकै धेरै अर्बपति बस्ने शहर बनेको छ । फोर्ब्स पत्रिकाको नयाँ रिपोर्टअनुसार अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ सबैभन्दा धेरै अर्बपति बस्ने शहर बनेको हो ।

गएको वर्ष बेइजिङमा ३३ जना अर्बपति थपिएर एक सय जना पुगेका छन् । न्युयोर्कमा भने ९९ जना अर्बपति रहेको फोर्ब्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै कुल अर्बपतिको सङ्ख्यामा पनि चीनले अमेरिकालाई पछ्याइरहेको छ । अहिले अमेरिकामा सात सय २४ जना अर्बपति रहेका छन् भने चीनमा ६ सय ९८ जना रहेका छन् ।

भारत भने अर्बपतिको सूचीमा तेस्रो स्थानमा छ । भारतमा एक सय ४० अर्बपति छन् ।

कोरोना महामारीका बाबजुद पनि चीनको अर्थतन्त्र लयमा फर्किएको, प्रविधिसँग सम्बन्धित कम्पनी र शेयर बजारसमेत अघि बढेपछि अर्बपतिको सङ्ख्या पनि थपिएको हो ।

गएको वर्ष चार सय ९३ जना नयँ व्यक्ति अर्बपतिको सूचीमा समावेश भएका हुन् । फोर्ब्सका अनुसार विश्वमा हरेक १७ घण्टामा एक नयाँ व्यक्ति अर्बपतिको सूचीमा थपिने गरेका छन् ।

एमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत जेफ बेजोस लगातार चार वर्ष विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको वर्षमा उनको सम्पत्ति ६४ अर्ब डलरबाट बढेर एक सय ७७ अर्ब डलर भएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)