Techie IT
×
गृहपृष्ठअर्थनेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो


काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा यसअघि निम्न आय भएका मुलुकको सूचीमा रहेको नेपालको स्तरोन्नति भएको हो । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो ।

सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । निम्नमध्यम आय भएका मुलुकको सूचीमा नेपालसहित ५० राष्ट्र छन् । यो समूहमा दक्षिण एसियाबाट पाकिस्तान, भारत, भुटान र श्रीलंका छन् । अफगानिस्तान निम्न आय भएका मुलुकको सूचीमा छ भने माल्दिभ्स उच्च मध्यम आय भएका मुलुकको सूचीमा छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस