Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ घट्नेक्रम जारी

सुनको भाउ घट्नेक्रम जारी


बजारमा पछिल्लो २ दिन सुनको भाउ घट्ने क्रममा रहेको छ । पछिल्लो समय ह्वात्तै बढेको सुनको भाउ शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर ९४० रुपैयाँमा आएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो । त्यस दिन छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ थियो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनको भाउ उच्च भएपछि नेपालको सुनचाँदी ब्यवसायमा संकट थपिएको छ । लकडाउन र उच्च भाउका कारण सुनचाँदी ब्यवसायमा संकट थपिएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस