शेयरबजार ६ प्रतिशतको गिरावटपछि बन्द

शेयरबजार परिसूचक नेप्सेमा ६ प्रतिशतको गिरावट आएपछि बिहीबारको लागि बजार बन्द भएको छ। यसअघि दुई दिन निरन्तर सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको छ।
बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो भने ११ः४७ मा दोस्रो सर्किट लागि ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो। त्यसपछि १२ः२७ मा खुलेको बजार १२ः४० मा तेस्रो सर्किट लागेपछि आजको लागि बजार बन्द भएको हो।
राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएपछि लगानीकर्ताको मनोबल गिरेको बताइएपनि सस्तोमा शेयर उठाउनेहरु बजार बढेको बेला नाफा बुक गर्न सक्रिय हुँदा शेयरबजारमा पहिरो गएको हो । विना खासकारण बढेको बजार त्यसैगरी घट्नु खासै नौलो होइन । शेयरबजारका खेलाडीहरुले नब प्रवेशी लगानीकर्ताहरुलाई यसैगरी ट्रापमा पार्ने गर्छन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया