काठमाडौं । बिहिबार सुनको भाउ एकैदिन ७ सय रुपैंयाले घटेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकोले यसअघि उच्च दरमा बढेको सुन नेपाली बजारमा बिहिबार भने ब्रेक लागेको छ ।
छापावाल सुन तोलाको ९१ हजार रुपैंया कायम गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । जुन बुधबारको तुलनामा ७ सयले कमी हो । यस्तै चाँदीको भाउ तोलाको ९५० रुपैंया रहेको छ ।
नेपालमा कोरोनाको कारण सुनचाँदी ब्यवसायमा मन्दी छाएको छ । भाउ उच्च भएपछि पसलमा ग्राहक विरलै देखिन्छन् । सस्तोका सुन खरिद गर्ने ग्राहकरु बिक्री गर्न आउन थालेपछि सुनचाँदी ब्यवसायीहरुलाई थप समस्या पर्न थालेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १७६८.२० डलर रहेको छ भने आज अमेरिकी डलरको बिनिमय दर १२१.१० कायम गरिएको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot