Techie IT
×
गृहपृष्ठअर्थ७५.७७ अंकले बढेको शेयरबजार खुलेको डेढ घण्टामै बन्द

७५.७७ अंकले बढेको शेयरबजार खुलेको डेढ घण्टामै बन्द


बुधबार शेयर खुलेको करिब डेढ घण्टामै नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि बन्द भएको छ। बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ।

बुधबार बजार खुलेदेखि नै लगातार बढ्न थालेकोमा पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबारको लागि शेयर कारोबार बन्द भएको हो। सो अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको शेयर खरिदबिक्रि भएको छ।

लामो समयको लकडाउन र लकडाउनकै बेला केहीदिन शेयरबजार खुलेको थियो । धेरै समयपछि भएपनि शेयरबजार बढ्न थालेपछि लगानीकर्ताहरुमा सकरात्मक उर्जा थपिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउका कारण आर्थिक गतिविधि ठप्पप्राय भैरहँदा बाणिज्य बैंकहरुमा निक्षेप ह्वात्तै बढ्नु र ब्याजदर घट्न थालेपछि शेयरबजारले नयाँबाटो तय गर्ने विश्लेषण हुन थालेको छ । यद्यपी अहिलेको बढाइ दिगो होइन भन्ने कतिपय विश्लेषकहरुको तर्क छ । बजार दिगो रुपले बढ्न अर्थतन्त्र मजबूद हुन उत्तिकै आवश्यक छ ।

नेपालको परिप्रेक्षमा भने अर्थतन्त्र जव सिथिल हुनपुग्छ अनि शेयरबजार चम्किने  साथै लगानीगर्ने अन्यत्र ठाउहरु नभएपछि लगानीयोग्य रकम शेयरबजारमा भित्रने विगतको अनुभवले देखाउँछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस