Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउमा नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै उच्च विन्दू पार गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार एकैदिन तोलामा पाँच सयले बढेर तोलामा ९१ हजार ७ सय पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइसरको नियन्त्रण हुन नसकेको र अहिलेसम्म भ्याक्सिन नबनेको साथै अझैपनि कोरोना भाइरसको त्रासका कारण विश्व अर्थतन्त्रमा मन्दी आएको कारणले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको भाउ उच्च रुपले बढेको हो ।

बुधबार चाँदीको मूल्य पनि तोलाको नौ सय ६० कायम भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस