Techie IT
×
गृहपृष्ठअर्थपेट्रोल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल र मट्टितेलको मूल्य बढ्यो


काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस