Techie IT
×
गृहपृष्ठअर्थसंकटकाल घोषणा हुने हल्लाले शेयरबजारमा पहिरो

संकटकाल घोषणा हुने हल्लाले शेयरबजारमा पहिरो


शेयरबजारमा पहिरो गएको छ । बजार थामिने आशामा रहेका लगानीकर्ता जतिमा पाइन्छ उत्तिमै शेयर फ्याँक्न तम्सिएपछि शेयरबजारमा पहिरो गएको हो । अघिल्लो दिन सोमबार मात्र ३२ अंक घटेर बन्द भएको नेप्से यस दिन २१ अंक घटेको छ ।

देशमा संकटकाल घोषणा हल्ला लगानीकर्ता अत्तालिएर सेलिङ्ग प्रेसर बढाउँदा बजार तिब्र रुपमा घटेको हो।

मंगलबार नेप्से परिसूचक २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा अडिएको छ। यस दिन बजारमा २०५ कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

पछिल्ला ७ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.९ प्रतिशत बढेको हो।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)