काठमाडौं । सोमबार शेयर बजारमा गिरावट देखिएको छ । सस्तोमा शेयर उठाउने कारोबारी हावी हुँदा यस दिनभर नेप्से सूचक दवावमा रह्यो ।

नेप्से सूचक ३२.६७ अंकले घटेर २६०७.६७ विन्दुमा अडिएको छ । ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०७ कम्पनीको २ करोड १६ लाख १४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
१२ मध्ये २ बाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । वाणिज्य बैंक समूह ५२.५५ विन्दुले तल झरेको छ । ८ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएका छन् ।
खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
क्याटेगोरी :
अर्थ