Techie IT
×
गृहपृष्ठअर्थतीन पटक सर्किट ब्रेकपछि शेयर बजार बन्द

तीन पटक सर्किट ब्रेकपछि शेयर बजार बन्द


काठमाण्डौ, १६ असार । शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।

आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।

होटल र म्युचल फण्डबाहेक सबैजसो समूहको शेयर उकालो लागेपछि ६ दशमलव शून्य ६ प्रतिशतले बढेको नेप्से १२ सय ६० दशमलव ७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको छ ।

आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् ।

२१ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर राष्ट्रिय पुनर्बीमा कम्पनी र ओरियन्टल होटलका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत गुमाएका छन् ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस