सैनामैनामा बैङ्कर्स मञ्च गठन
रुपन्देहीको सैनामैनामा आज बैङ्कर्स मञ्च, सैनामैना गठन भएको छ । सुलभ दरमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन मञ्च गठन गरिएको नवनिर्वाचित अध्यक्ष तथा ग्लोबल आइएमइ बैङ्क, मुर्गियाका प्रबन्धक पदमराज पोख्रेलले जानकारी दिए ।
मञ्चका उपाध्यक्षमा एनएमबी बैङ्क, सैनामैनाका प्रबन्धक राम शर्मा र एनआइसी एसिया बैङ्क, सैनामैनाका प्रबन्धक विश्वबन्धु अर्याल, कोषाध्यक्षमा कृष्णप्रसाद घिमिरे तथा सदस्यमा दुर्गाप्रसाद खनाल, खिमलाल पुरी र लक्ष्मण मरासिनी छिन् ।
क्याटेगोरी :
अर्थ