Techie IT
×
गृहपृष्ठअर्थशेयरबजार सामान्य अंक बढेर बन्द

शेयरबजार सामान्य अंक बढेर बन्द


सोमबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिनको कारोबारमा बिक्री चाप बढी देखिएको थियो । यद्यपी अन्ततः नेप्से सामान्य सुधार सहित बन्द भएको छ ।

यस दिन बजार खुल्नु अघि नै नेप्से २८ अंक बढेर २२६६.४५ विन्दुलाई टेष्ट गर्न पुगेको थियो। बढेको बजारमा नाफा बुक गर्न लगानीकर्ताले ठूलो संख्यामा शेयर विक्रीमा ल्याउँदा विक्री चापका कारण नेप्सेले दिनभर दवाव झेल्यो । आइतबार २२३५.७३ विन्दुमा बन्द भयो । यसलाई जानकारहरु सामान्य इन्ट्रा डे करेक्सन भएको बताउँछन्।

कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ भने यस दिन २०८ कम्पनीको ४८ हजार ५३ पटकको कारोबारमा ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भए।

यस दिन पनि वाणिज्य बैंकहरुको सबैभन्दा धेरै शेयर खरिदविक्री भएका छन् । यस दिन सिद्धार्थ बैंकको सर्वाधिक ४२ करोड ६२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण यस बैंकको सर्वाधिक कारोबार भएको हो। त्यसैगरी, प्रभु बैंकको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस