Techie IT
×
गृहपृष्ठअर्थशुक्रबार सुनको मूल्यमा ब्रेक, प्रतितोला कति ?

शुक्रबार सुनको मूल्यमा ब्रेक, प्रतितोला कति ?


लामो समयदेखि निरन्तर बढिरहेको सुनको मूल्य असार १२ गते शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार एक सय ६० रुपैयाँ रहेको छ।

बिहीबार छापावाला सुनको मूल्य बुधबारकै मूल्य अर्थात प्रतितोला ९१ हजार एक सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सो अनुसार तेजाबी सुनको मूल्यमा ६ सय ४० रुपैयाँको गिरावट आएको हो।

यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला नौ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस