Techie IT
×
गृहपृष्ठअर्थ१३ सयले घट्यो सुनको मूल्य

१३ सयले घट्यो सुनको मूल्य


काठमाडौं, २३ पुस । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने १ हजार ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । तेजाबी सुन बुधबार तोलामा ९६ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला १ हजार ३ सय ४० मा बुधबार कारोबार भएको चाँदी आज भने १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #gold


तपाईको प्रतिक्रिया दिनुहोस