Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ एघार सयले बढ्यो

सुनको भाउ एघार सयले बढ्यो


काठमाडौं, २१ पुस । मंगलबार सुनचाँदीको भाउ थप बढेको छ। सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। सो दिन सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस अघिको दिनमा चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।


क्याटेगोरी : अर्थ
ट्याग : #gold


तपाईको प्रतिक्रिया दिनुहोस