Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

शेयरबजारको गिरावट रोकिएन, कारोबार रकम पनि घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन शेयरबजार घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि थामिन सकेन ।  

आज नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ५९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य ७.८० प्रतिशत बढेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तरजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य भने यस दिन ५.६९ प्रतिशत बढेको छ। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट