Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

लघुवित्त पीडितहरुको बालुवाटारमा प्रदर्शन


काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । सात दिनसम्म हिँडेर काठमाडौं आएका पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै आएका छन् ।

यसअघि सम्झौता अनुसार सरकारले समिति बनाएर पनि काम नगरेकोले पुनः सरकारलाई झक्झकाउन काठमाडौं आउनुपरेको उनीहरुको भनाइ छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् ।

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा सहकारी र लघुवित्तले राम्रो काम गर्दै आएको हो । तर पछिल्लो समय समस्यामा फस्दै गएको भन्दै उनले परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी दुवैलाई ख्याल गरेर समस्या समाधान गर्ने बताए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट