Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

शेयरबजारमा सामान्य अंकको गिरावट


काठमाडौं । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ६.४६ अंकले घट्दै २ हजार २६.५९ बिन्दुमा झरेको छ ।  
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सिेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घट्दै ३६३.०७ बिन्दुमा सीमित भएको छ ।  

यस दिन ३१३ कम्पनीका ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  

आज उत्पादन र प्रशोधन बाहेक अन्य सबै समूहमा गिारवट आएको छ । आज उत्पादन तथा प्रशोधन समूह २.८४ प्रतिशतले बढ्यो ।

बैंकिङ समूह ०.२७ प्रतिशतले घटेको आज विकास बैंक ०.६१,वित्त ०.२५,होटल ०.७३,हाईड्रो ०.८८,लगानी ०.५०,जीवन बीमा ०.२८,लघु्वित्त ०.२६,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.३०,अन्य ०.८७ र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन् ।  

यस्तै चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशत,हिमालयन उर्जा विकास १० प्रतिशत, समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ ।  

यो दिन पिपुल्स  पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले ओरालो लागेको छ ।  

त्यस्तै हिमालयन हाईड्रोपावरको सेयरमूल्य ४।२६ प्रतिशत,त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ ।  

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ११ करोड २२ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन एनआईसी एशिया बैंकको ६ करोड २६ लाख र पिपुल्स हाईड्राको ६ करोड ९ लाख बढीको सेयर कारोबार भएको छ ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट