Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

शेयरबजारमा सामान्य अंकको गिरावट


काठमाडौं । मंगलबार शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन बजार १.७६ अंक अर्थात ०.०८ प्रतिशतले घटेर २ हजार ३३.०६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै वृद्धि देखिंदा बाँकी समूह घट्न पुगे । आज अन्य समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.१० प्रतिशतले बढ्यो ।  

त्यस्तै विकास बैंक समूह ०.२५, वित्त ०.७२ उत्पादन तथा प्रशोधन ०.७१ र लगानी ०.१८ प्रतिशतले बढे ।  

आज बैंकिङ समूह ०.४२,होटल ०.१८,हाईड्रो ०।३१,जीवन बीमा ०.४१,लघुवित्त ०.७४, म्युचुअल फण्ड ०.०५ र निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।  

यस दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै साना किसान लघुवित्तको १२ करोड ४० लाख, जोशी हाईड्रोको ८ करोड २० लाख,ङादी ग्रुप पावरको ६ करोड ४ लाख र दोर्दीखोलाको ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्दै सकारात्मक सक्रिट लाग्यो ।  

यो दिन पिपुल्स पावरको शेयरमूल्य ७.९२ प्रतिशत र हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।  

आज ग्रिन लाइफ हाईड्रोको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सक्रिट लागेको छ । आज किसान लघुवित्तको शेयरमूल्य ७.७१ प्रतिशत,खानीखोला हाईड्रो ४.८३,आशा लघुवित्त ४.५७ र सामलिङ पावरको शेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट