Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

शेयरबजारमा २७.२१ अंकको गिरावट !


काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन बजार २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २ हजार ३४.८२ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

केहि बैंकका विषयमा हल्ला चलेका कारण बैंकिङ सेक्टरमा दवाब पर्यो । यसका साथै हिमालयन रि इन्स्योरेन्सको हकप्रदका विषयमा अन्यौलता रहँदा पनि बजारमा बिक्री दबाव परेको विश्लेषकहरुको भनाई छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै वित्त समूहमा गिरावट आएको छ । यो समूह २.७० प्रतिशतले घटेको छ ।  

त्यस्तै हाईड्रोपावर २.१५, बैंक ०.६५, विकास बैंक १.७०,होटल १.१५,लगानी १.५५,जीवन बीमा १.३४,उत्पादन तथा प्रशोधन ०.६८, लघुवित्त १.०६,म्युचुअल फण्ड ०.१६,निर्जीवन बीमा १.९१,व्यापार १.४७ र अन्य १.३२ प्रतिशतले घटेका छन् ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट