Techie IT
  • २०८० फागुन ११, शुक्रबार

लक्ष्य अनुसार राजश्व उठाउन र खर्च गर्न नसकेपछि सरकारले बजेटको आकार घटायो


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१  बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारेको छ । बजेटको अर्धवाषिर्क समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।

गएको जेठ १५ गते सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । जति प्रयास गर्दा पनि लक्ष्य अनुसार राजश्व सङ्कलन नभएको र खर्च गर्न पनि समस्या भएकाले बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

संशोधित लक्ष्य अनुसार चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुने उनले बताए । यस्तै, सरकारले राजश्वबाट १० खर्ब ८० अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक सहायताबाट ४० अर्ब रुपैयाँ र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब रुपैयाँ सङकलन हुने लक्ष्य राखेको छ ।

मध्यावधि समीक्षामार्फत अर्थमन्त्री महतले देशको अर्थतन्त्रमा सुधार आउँदै गरेको बताए । आउँदो बैशाखमा हुने लगानी सम्मेलनसँगै देशमा लगानीको वातावरण बन्ने र आर्थिक गतिविधि थप सुधार आउने उनको भनाइ छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट